आईपीएल : दिल्लीका कप्तान श्रेयस अय्यरलाई १२ लाख जरिबाना

काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख भारतीय रुपैयाँ जरिबाना तिराइएको छ ।

सनराइजर्स हैदराबादसँको हिजोको खेलमा उनको टीमको स्लो अभर रन स्कोरका लागि उनलाई जरिबाना गरिएको हो ।

अय्यरका लागि यो सीजनको यो पहिला कारबाही हो । आचार संहिता अनुसार उनलाई यो कारबाही गरिएको हो ।

Shreyas Iyer (PTI)

सनराइजर्सले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।

अय्यरले मात्र १७ रन बनाएका थिए । बितेको हप्तामा पनि रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान विराट कोहोलीलाई किंग्स इलेभन पञ्जावविरुद्धको खेलमा स्लो ओभर गतिका कारण १२ लाख भारतीय रुपैयाँ जरिबाना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?