बलिउड महानायक अमिताभ बच्चनले गरे अंगदान गर्ने घोषणा

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनले अंगदान गर्ने घोषणा गरेका छन्। बुधवार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले अंगदाता गर्ने सपथ लिएको बताएका हुन् ।

ट्वीटरमा एउटा फोटो शेयर गर्दै उनले लेखेका छन्, ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो। यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’

अमिताभले देशमा प्राकृतिक विपत्ति वा अन्य अफ्ठेरो स्थितिमा दान गर्दै आएका छन्। यसपालि अंगदानकै घोषणा गरेका हुन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?