बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदहरुको मागमा के भने गृहमन्त्रीले ?

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताउँदै कानूनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आज (बुधबार) बसेको बैठकमा गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटनालाई रोक्नको लागि सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न भइरहेका छन् ।

पछिल्लो समय नेपालमा औसतमा प्रत्येक दिन ६ देखि १० जना बलात्कृत हुने र बलात्कारीले छोटो सजाय भोग्दा अझै प्रोत्साहन मिलेको भनदै बलात्कारीलाई फाँसीको सजाय मागसहित आन्दोलन भइरहेका छन् ।

यसै बिषयमा आज समितिमा प्रहरी महानिरीक्षक लगायतलाई बोलाएर छलफल भइरहेको छ ।

बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदहरुको मागतर्फ संकेत गर्दै उनले भने, “कानूनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको छ।”

पछिल्लो समय बझाङकी १२ वर्षिया बालिका सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका कारण पनि बलात्कारीलाई फाँसीको व्वस्थासहितको निर्मम सजायको माग सतहमा आएको छ ।

देशका विभिन्न स्थानमा विरोध प्रर्दशन पनि भएका छन् । महिला सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाहि र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?