हाथरस सामूहिक बलात्कार केस : मोदीले दिए यस्तो आदेश !

काठमाडौं । भारतको हाथरसमा भएको सामूहिक बलात्कारको केसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई तत्काल दोषीलाई कारवाही गर्न आदेश दिएका छन् ।

हाथरस पुलिस (फाइल फोटो)

योगीलाई फोन गर्दै मोदीले दोषीहरुलाई कठोर कारवाही गर्न आदेश दिएका हुन् । यो केसको छानबिनका लागि उत्तर प्रदेश सरकारले एसआईटी टीम गठन गरेको छ ।

के भएको थियो ?

भारतको हाथरसकी दलित युवतीको साथमा भएको भयानक सामूहिक बलात्कार केसले भारतमा हंगामा मच्चाएको छ ।

हाथरस जिल्लाको चन्दपा थानाको गाउँमा १४ सेप्टेम्बरको बिहान १९ वर्षीय युवतीको साथमा सामूहिक बलात्कार भएको थियो ।

हाथरस में पुलिस पर जबरन अंतिम संस्कार करने का आरोप

परिवारले बिहान साँढे नौ बजे चार युवकले मिलेर सामूशिक बलात्कार गरेको आरोप लगाएका छन् । तर यसलाई प्रहरीले भने अन्जाम दिएको भन्दै भारतमा व्यापक बिरोध प्रदर्शन भईरहेको छ ।

पीड़िता के परिजन (फोटो-PTI)

बलात्कार भएको ९ दिनपछि होशमा आएकी युवतीले आफ्नो बयान दर्ता गरेकी थिइन् । उनलाई पहिला अलीगढमा उपचारको लागि पठाइएको थियो ।

त्यहाँ अवस्था चिन्ताजनक भएपछि फेरि उनको थप उपचारका लागि उनलाई सफदरजंग अस्पताल पठाईयो । तर बिडम्बना, उनको हिजो मृत्यु भयो । पुलिसले अहिले चार आरोपीहरुलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।

मृतक किशोरीलाई सामूहिक बलात्कार गरेर उनको जिब्रो समेत काटिएको अवस्थामा फेला पारिएको थियो । साथै उनको कम्मर पनि तोडिएको थियो ।

यसैबीच प्रहरीले आफन्तको दर्दनाक चित्कारलाई बेवास्ता गर्दै मृतकको शव जलाईदिएको छ । परिवारले अन्तिम संस्कार रोकेपनि उनको प्रहरीले अन्तिम संस्कार गरिदिएको हो । उनलाई आफ्नो रितिरिवाज अनुसार अन्तिम संस्कार गरिएको हो ।

परिवारको मागमाथि बेवास्ता गर्दै २०० जना पुलिसले उनको अन्तिम संस्कार गरिदिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?