बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं – रौतहटमा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका – ६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

मंगलबार दिउँसो घाँस लिन जंगल गएका भण्डारीको कम्मरभन्दा मुनिको भाग बाघले खाएको अवस्थामा आज (बुधबार) जंगलमा फेला परेको हो ।

मंगलबार राति अबेरसम्म पनि भण्डारी नफर्केपछि उनलाई खोज्न गएका अन्य दुई जनालाई पनि बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । (फाईल फोटो /सांकेतिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?