सुशान्त आत्महत्या केसमा चरम लापरवाही, खुल्यो नयाँ रहस्य !

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।

त्यसपछि उनको मृत्यु प्रकरणले अहिलेसम्म बलिउड तातिरहेको छ ।

सुशान्तको भिसेरा रिपोर्ट जाँचमा ड्रग्स टेस्ट नभएको बताइएको छ ।

उनको भिसेरा रिपोर्ट परीक्षण गरेको मुम्बई फेरेन्सिक ल्याबले उनले ड्रग्स लिए नलिएको भन्ने बारे टेस्ट नै नगरेको पत्ता लागेको हो ।

अहिले उनको ड्रग्स भिसेरा रिपोर्टमा जाँच नै नगरि भिसेरा रिपोर्ट सार्वजनिक गरिएको भन्दै चर्को विरोध भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?