हाइड्रोजन इन्धनबाट उड्ने विश्वको पहिलो विमानले भर्यो उडान !

काठमाडौं । हाइड्रोजन इन्धनबाट उड्ने संसारकै पहिलो यात्री विमानले सोमवार सफल उडान भरेको छ । यस विमानलाई उद्योगको लागि ठूलो क्रान्ति भएको बताइएको छ ।

विशेषज्ञको अनुनसार यसबाट वायुप्रदूषणमा कमी आउने मात्रै नभएर जीवाश्म इन्धनको विकल्प मिलेको छ ।

यो विमान ब्रिटिश एयरस्पेस स्टार्टअप कम्पनी ZeroAvia ले डिजाइन गरेको हो ।

६ सिटको यो पिपर मास यात्री विमानले लण्डनको उत्तरी क्षेत्रमा लगभग ५० मीलको दूरी तय गर्नको लागि क्र्यानफील्ड हवाई अड्डाबाट उडान भरेको थियो ।

त्यहाँ कम्पनीको रिसर्च एण्ड डेभलपमेण्ट साइट छ । हाइड्रोजन इन्धनको सहयोगमा यो पहिलो पटछक विमान उडेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?