ज्वालामुखी फुट्दा पग्लिएर सिसा बन्यो मानिसको दिमाग,वैज्ञानिकहरुले भेटे अचम्मका अवशेष !

काठमाडौं । ज्वालामुखी एकदमै डरलाग्दो हुने गर्छ । ज्वालामुखीको रापमा परेपछि कोहि पनि बाँच्न सक्दैन । यसको एउटा प्रत्यक्ष प्रमाण इटलीमा देखिएको थियो ।

७९ इसाईपूर्व इटलीको पोम्पेई शहरमा ज्वालामुखी फुटेको थियो । ज्वालामुखीको लावामा मानिसहरु पनि परेका थिए । वैज्ञानिकहरुले अनुसन्धानका क्रममा त्यहाँबाट मानिसको दिमाग फेला पारेका छन् ।

यो कुराले वैज्ञानिकहरु नै अचम्ममा परेका छन् । वैज्ञानिकहरुका अनुसार ज्वालामुखी हुँदा हजारौँ मानिसहरुको मृत्यु भएको थियो ।

फेडरिडो युनिभर्सिटीका डाक्टर पा ओलोले ज्वालामुखी फुटेको बेला जब मानिसहरु परे तब त्यसको रापले मानिसहरुको दिमाग पग्लिएर सिसा जस्तै भएको र अहिले उक्त दिमाग भेट्टाएको बताएका छन् ।

साथै बाँकि शरिर भने ढुङ्गा जस्तै भएको थियो । डाक्टर पि ओलो पेत्रोले सिसावाला दिमागको अध्ययन गर्ने क्रममा ति दिमागमा अझै पनि प्रोटिन भएको बताएका छन् ।

उनले त्यो समयमा ज्वालामुखीको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको बताएका छन् । अचम्मको कुरा त के छ भने, त्यति धेरै तापक्रममा पनि मानिसको दिमागको प्रोटन अहिलेसम्म नष्ट नभएको देख्दा वैज्ञानिकहरु नै चकित परेका हुन् । साथै मानिसको शरिरका बाँकि अंगहरु भने जलेर ढुङ्गा बनेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?