ओली प्रचण्डबीचको बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठन अनिश्चित

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफलका लागि भन्दै आजको लागि अध्यक्षद्वयबीच बैठक आह्वान गरिएको थियो ।

भागबण्डाको विषयमा कुरा नमिल्दा थप गृहकार्यका लागि बैठक स्थगित भएको स्रोतले जनाएको छ । मन्त्रिमण्डल पुनर्गठनका लागि अध्यक्षद्वयका आ-आफ्नै अडानहरु रहेका छन् । ओलीले मन्त्रालय फुटाएर मन्त्रिमण्डल गठन गर्ने अडान कायम राखेका छन् भने प्रचण्ड भने सेट नै परिवर्तन गरेर नयाँलाई पालो दिनुपर्ने पक्षमा रहेका छन् ।

त्यस्तै नेकपाका उपाध्यक्ष समेत राष्ट्रिय सभा सदस्य वामदेव गौतमका विषयमा भने सर्वोच्चले नै निर्णय गर्ने भएको छ । प्रतिनिधि सभामा पराजित गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएसँगै सर्वोच्चले काम गर्न नदिनु भन्ने आदेश यस अघि नै जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?