नेपाली भूमि मिचेको भन्दै सुर्खेत र बर्दियामा व्यापक प्रदर्शन

काठमाडौं । नेपाली भूमि मिचेको भन्दै सुर्खेत र बर्दियामा प्रदर्शन भएको छ। स्वतन्त्र युवाहरूको एक समूहले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गरेको हो।

No description available.

उक्त समुहको अगुवाइमा पुगेका युवाहरूले ‘गो ब्याक चाइना’ भन्दै नाराबाजी लगाएका छन् । त्यस्तै युवाहरूले चिनियाँ हस्तक्षेपको खेदो खन्दै नेपालमा चीनको दादागिरी चल्दैन भन्दै चीनविरूद्ध आक्रोश समेत पोखेका छन्।

सहभागीहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, हुम्लाको नेपाल-तिब्बत सीमाबाट कम्युनिष्ट चीन फिर्ता जा भन्दै चीनविरूद्द नारा लगाएका हुन्।

No description available.

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो।नेपाली भू-भागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्।

No description available.

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेको छ।

No description available.

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?