काठमाडौं – मलेसियामा बसेर गुन्डागर्दी गरेको तथा अपहरणको उजुरी परेपछि प्रहरीले ‘डेविट’ भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हिजो (मंगलवार) साँझ उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।
श्रेष्ठले १५ लाख रुपैयाँ फिरौती मागेको भनी पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले मलेसियामा रेष्टुरेष्ट र डान्सबार सञ्चालन गर्दै आएका श्रेष्ठलाई नेपाल आएका बेला पक्रेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (फाईल फोटो)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया