आईपीएलमा आज : कलकता र राजस्थान भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । आईपीएलको १३ औँ सीजनको १२ औँ म्याचमा कलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच आज साँझ प्रतिस्पर्द्धा हुँदैछ ।

राजस्थानले यो भन्दा अगाडिको खेलमा आफ्नो ठूलो टार्गेट प्रश्तुत गरेको थियो । त्यस्तै कलकताले हैदराबादलाई हराएको थियो ।

बितेको ५ वर्षमा भने राजस्थानले कलकतालाई मात्र एकपटक नै पराजित गर्न सकेको छ । ५ खेलमा १ म्याच मात्र राजस्थानले जितेको हो ।

त्यस्तै यो सीजनमा राजस्थानको उत्कृष्ट प्रदर्शन कायमै छ । उसले आफ्ना दुबै खेलमा २०० भन्दा धेरै रन बनाएर म्याच जितेको छ ।

त्यस्तै कलकताले भने दुईमा एकमा जित र एकमा हार व्यहोरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?