चेल्सीलाई पराजित गर्दै टोटेनहेम क्वार्टरफाईनलमा

काठमाडौं । कारबाओ कपको चौथो चरणको खेलमा टोटेनहेम हर्ट्सपरले जित हात पारेको छ । मंंगलबार राति भएको खेलमा टोटेनहेमले पेनाल्टी सुटआउटमा चेल्सीलाई पराजित गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । चेल्सीले १९ औं मिनेटमा टिमो वार्नरको गोलमा अग्रता लिएको थियो ।

No Kane, Bergwijn handed new role - The Tottenham team Jose Mourinho should pick vs Chelsea - football.london

खेल सकिन ७ मिनेट अघि इरिक लामिलाले गोल गर्दै टोटेनहेमलाई खेलमा फर्काएका थिए । पेनाल्टी सुटआउटमा टोटेनहेम ५–४ ले विजयी भयो ।

Tottenham 1-1 Chelsea FC LIVE! Carabao Cup latest score, goals, Lampard v Mourinho news and match stream today | London Evening Standard

चेल्सीका मासन माउन्ट पेनाल्टीमा गोल गर्न चुकेका थिए । जितसँगै टोटेनहेम प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ ।

  • एजेन्सी

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?