कोरोनाको प्रकोप : अमेरिकामा ह्वात्तै बढे मृतक, मंगलवार मात्रै यति धेरै

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा १० लाख १२ हजार ५७८ जनाको मृत्यु भएको छ भने ३ करोड ३८ लाख ३७ हजार ७०८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २ करोड ५१ लाख ४३ हजार ३१ जना कोरोना संक्रमण मुत्तः भएका छन् भने ६५ हजार ९१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा अहिलेसम्म् २ लाख १० हजार ७८५ जनाको मृत्यु भएको छ भने ७४ लाख ६ हजार १४६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४६ लाख ४८ हजार ६८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४६ हजार ६७८ जना उपचाररत छन् । त्यस्तै १४ हजार २०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा १५ हजार ७९२ जनाको मृत्यु भएको छ भने ८ लाख १६ हजार २८७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा १६ हजार २३ जनाको मृत्यु भएको छ भने ७ लाख ८३ हजार ४६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १४ हजार १४४ जनाको मृत्यु भएको छ भने ७ लाख ४ हजार ५६८ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा मंगलवारसम्म ४४ हजार २२७ जनालाई संक्रमण भएको छ भने ९७७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?