नेकपामा फेरि सुरु भयो किचलो

चार महिनासम्म आन्तरिक विवादमा रुमलिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र पुनः मन्त्रीमण्डल पुनर्गठनको विषयलाई किचलो शुरु भएको छ ।

पार्टीको सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठनको एजेन्डा प्रवेश भएसँगै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक साता निरन्तरत छलफल हुँदा पनि सहमति जुट्न सकेको छैन ।

आन्तरिक विवाद समाधान गर्ने बुँदामध्ये मन्त्रिपरिषद् पुनर्गठन गर्ने समझदारी बनेको थियो । सोही समझदारी कार्यान्वयन गर्न मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य गरे पनि भागबण्डामा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली केही मन्त्रीलाई मात्र हटाएर बाँकी मन्त्रीहरूलाई निरन्तरता दिनुपर्ने पक्षमा भए पनि कार्यकारी अध्यक्ष प्रचण्डले दुई वर्ष मन्त्री भएका सबैलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउनुपर्ने अडान राखेको बताइएको छ । जसको कारण एक सातासम्म दैनिकरूपमा छलफल हुँदा पनि सहमतिको खाका फेला पर्न सकेको छैन ।नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?