घटेन कोरोना सङ्क्रमण

नेपालमा विगत २४ घण्टामा थप एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८९१ जनाको पीसीआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७६ हजार २४८ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३९६ पुगेको छ ।गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?