यस वर्षको दशैँमा बलि नचढाउने निर्णय धनुषा प्रशासनले गरेको छ । धनुषाका राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लबका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको बैठकले यसवर्षको दशैँमा जिल्लाभित्रका कुनै पनि मठ मन्दिरमा बलि नदिने निर्णय गरेको प्रशसनले जारीगरेको सूचनामा उल्लेख छ ।
यस्तै भिडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने निर्णय भएको पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया