भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित कहाँबाट आएका थिए ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म २१५ वटा देशहरुमा फैलिएको छ ।

यसैबीच भारतमा कोरोना संक्रमितहरु धेरैजसो दुबई र बेलायतबाट आएका भएको बताइएको छ ।

भारतीय प्रौद्योगीक संस्थानले आफ्नो रिपोर्टमा जनवरीबाट अप्रीलको बीचमा संक्रमित भएकाको ट्राभल हिस्ट्री अध्ययनमा यो जानकारी मिलेको हो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण ९६ हजार ३६८ जनाको मृत्यु भएको छ भने ६१ लाख ५६ हजार ७२२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ७०३ जना नयाँ संक्रमित थपिएका छन् भने ११७ जनाको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?