बलात्कार अभियोगमा पक्राउ

रौतहट । बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

सोमवार राती सोही टोलकी १५ वर्षीया बालिका बलात्कार भएकी बताइएको छ ।

प्रनाउ रावलले पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको बताए। बालिकाको जिल्ला अस्पताल गौरमा आज स्वास्थ्य परीक्षण गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?