सल्यान । जिल्लाको कालीमाटी गाउँपालिकामा स्थानीयस्तरमा रोजगार सिर्जना गर्ने गरी बजेट विनियोजन गरिएको छ ।
कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै रोजगारी गुमाएकाहरुलाई लक्षित गरी रोजगारमैत्री बजेट विनियोजन गरिएको हो ।
गाउँपालिकाले ‘गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम’, ‘सडक मर्मतसम्भार कार्यक्रम’, ‘दलित तथा विपन्नसँग अध्यक्ष कार्यक्रम’, ‘एक वडा एक उत्पादन कार्यक्रम’, ‘बाख्रापालन पकेट क्षेत्र कार्यक्रम’ जस्ता योजना र कार्यक्रमहरु गाउँपालिकाभित्र सञ्चालन गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक बर्षमा गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमका लागि एक करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्यन्वयन शुरु गरेको कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।
“हामीले ५ लाख भन्दा कमका कुनै पनि योजना तयार गरेका छैनौँ, गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमबाट गाउँपालिकावासी नागरिकहरुलाई रोजगारी दिने गरी अघि बढेका छौँ”, अध्यक्ष केसीले भने ।
गाउँपालिकाले सडक मर्मतसम्भारका लागि ५० लाख, खरको छाना विस्थापन गन ९० लाख विनियोजन गरेको छ । व्यवसायिक बाख्रापालन तथा मौरीपालनका लागि गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर अनुदान उपलब्ध गराउने र तिहार अगाडि नै विद्युत् सुविधा विस्तार गरिने अध्यक्ष केसीले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया