प्रचण्डको नयाँ युगको पदचाप आउँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ युगको पदचाप’ बजारमा आउन लागेको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले दिएको जानकारी अनुसार प्रचण्डको दोस्रो पुस्तक बजारमा ल्याउन लागिएको हो । यस पुस्तकमा उनले आफू प्रधानमन्त्री हुँदा व्यक्त गरेका विचारहरु समेटेका छन् ।

यसअघि उनको ‘गणतन्त्रको पहिलो दशक’ प्रकाशित भएको थियो । पुस्तकमा संविधानसभा र व्यवस्थापिका संसदमा २०६५ सालदेखि २०७५ सालसम्म प्रचण्डले व्यक्त गरेका विचारहरू विभिन्न ४२ शीर्षकमा समेटिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?