श्रृंखला खतिवडाकी आमा सांसद मुनु सिग्देलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बाग्मती प्रदेश सभाकी सांसद मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको स्रोतले जनाएको छ ।

उनी गत असोज ५ गते हेटौँडाबाट काठमाडौं आएकी थिइन् । उनमा सामान्य रुघाखोकी देखिएपछि गरिएको पीसीआर परीक्षणको क्रममा मंगलवार उनमा कोरोना पुष्टि भएको हो ।

सांसद सिग्देल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्षसमेत रहेकी छिन् । उनमा कोरोना पुष्टि भएपछि अन्य परिवारका सदस्यमा पनि कोरोना परीक्षण गरिएको थियो । तर अन्य सबै परिवारका सदस्यको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

सांसद सिग्देल पूर्व मिस नेपाल श्रृंखला खतिवडा समेत रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?