विमान दुर्घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

काठमाडौं, २९ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाहले युएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सम्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?