अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर अट्याक

काठमाडौं । एक ठूलो साइबर आक्रमण पछि अमेरिकामा सोमवार अमेरिकामा फेरि २५० भन्दा धेरै अस्पतालका कम्प्यूटर सिस्टम ह्याक भएका छन् ।

त्यसैले सबै डाक्टर र नर्सले अनलाइनको साटो हरेक कामको लागि कागजको प्रयोग गर्नुपर्यो ।

यूनिभर्सल हेल्थ सर्भिसेज इंक को अमेरिकामा २५० भन्दा धेरै स्वास्थ्य संस्था र अस्पताल छन् ।

उसले आफ्नो वेबसाइटमा सोमवार एक संक्षिप्त बयानमा उसको नेटवर्क अफलाइन भएको र डाक्टर र नर्सहरु अन्य श्रोत अपनाएर काम गरिरहेको बताएको थियो ।

ह्याकर्सको बारेमा हालसम्म केहि पनि जानकारी नमिलेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?