काठमाडौं, ललितपुर र भक्तपुरसहित यी ७ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८९१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनासहित देशभर १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला

  • काठमाडौं
  • ललितपुर
  • भक्तपुर
  • चितवन
  • मोरङ
  • सिरहा
  • रुपन्देही

यस्तै बितेको २४ घण्टामा थप ७३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । यो कुल संक्रमितको ७२.६ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ७०७ जना र संस्थागत आईसोलेसनमा ९ हजार ६८९ जना छन् । तिमध्ये २१३ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ७७८ जना रहेका छन् । डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४९१  जनाको मृत्यु भएको छ ।

हिजो (सोमवार) नेपालमा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको थियो । ७४२ जना संक्रमणमुक्त भएका थिए भने ४ जनाको मृत्यु भएको थि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?