मंगलवार ७.२१ अंकले शेयर बजार घट्दा १२ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलवार शेयरबजार परिसुचक नेप्से ७ दशमलव २१ अंकले ओरालो लागेको छ । आज ० दशमलव ४६ प्रतिशतले घटेको बजारमा १२ वटा कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेर ९ प्रतिशत भन्दा धेरैले शेयरमूल्य बढेको छ ।

मंगलवारको कारोबारमा शेयर बजार परिसुचक नेप्से १५ सय ५३ दशमलव ६२ अंकको विन्दुमा बजार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटीभ परिसुचक पनि १.७९ अंकले ओरालो लाग्दै ३ सय ७ दशमलव ८२ अंकको विन्दुमा आजको कारोबार बन्द भएको छ । मंगलबार लगानीकर्ताको आर्कषणमा सस्तो शेयरमा परेका छन् । विशेषगरी जलविद्युत समुहमा , ७ अंक भन्दा धेरैले ओरालो लागेको बजारमा जलविद्युत समुहको परिसुचक भने दोहोरो अंकले वृद्धि भएको छ ।

मंगलवार कारोबारमा आएका १२ उप समुह मध्ये ३ वटा उप समुहको परिसुचक वृद्धि हुँदा बाँकि ९ उप समुहको परिसुचकमा भने गिरावट देखिएको छ । जलविद्युत समुहको परिसुचक २ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ भने ट्रेडिङ समुहको परिसुचक २ प्रतिशत भन्दा धेरैले घटेको छ । त्यस्तै अंकका आधारमा भने र्निजिवन बिमा समुहको परिसुचक ४४.९९ अंकले घटेको छ ।

मंगलवारको कारोबारमा जोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले सार्वधिक १० प्रतिशतले कमाएका छन् भने हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाएका छन् । त्यस्तै आखुखोला जलविद्युत कम्पनी र घम्लेदी हाईड्रो लिमिटेडका लागनीकर्ताले ९.९० प्रतिशतले कमाएका छन् । त्यस्तै मंगलबारको कारोबारमा सार्वधिक गुमाउनेमा सर्पोट माइक्रोफाइनेन्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । उक्त कम्पनीका लगानीकर्ताहरुले सार्वधिक ३.६२ प्रतिशतले गुमाएका छन् भने रकमका आधारमा साल्ट ट्रेडिङ करर्पोरेशनका लगानीकर्ताले ९७ रुपैयाले गुमाएका छन् ।

मंगलबार कारोबार रकमका आधारमा पनि २ जलविद्युत कम्पनी अग्र स्थानमा रहेका छन् । अरुण काबेली पावर लिमिटेडको मात्र मंगलबार १७ करोड ३९ लाख ५० हजार ५४ रुपैँया बराबरको कारोबार भएको छ भने हिमाल दोलखा हाईड्रो पावर कम्पनी लिमिटेडको १० करोड ६२ लाख ७६ हजार १ सय ३७ रुपैया बराबरको कारोबार भएको छ । कारोबार संख्याका आधारमा भने रिलायन्स लाईफ इन्सोरेन्सको २ हजार ५ सय ३७ पटक कारोबार भएको छ ।

मंगलबार १९२ वटा कम्पनीको ३३ हजार ९ सय ३३ पटकको कारोबारमा ७३ लाख ५ हजार १ सय ११ शेयर कित्ताहरु खरिद विक्रिहुदाँ १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९ सय ६८ रुपैया २६ पैसा बराबरको शेयर कारोबार भएको छ ।
मंगलबार कारोबार भएका १७० कम्पनीमध्य ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय २ कम्पनीको शेयर मूल्य घटेको छ बाँकि १० कम्पनीको शेयरमूल्य भने स्थीर रहेको छ ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?