अभिनेत्री पायललाई ज्यान मार्ने धम्की, मागिन् वाई श्रेणीको सुरक्षा

काठमाडौं । बलिउड अभिनेत्री पायल घोषलाई ज्यान मार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

ज्यान मार्ने धम्की आएको भन्दै उनले मंगलवार महाराष्ट्रका राज्यपाल भगत सिंह कोशियरीसँग भेटेर आफूलाई वाई श्रेणीको सुरक्षा दिन माग गरेकी छन् ।

उनले केहि दिन अगाडि फिल्म निर्माता अनुराग कश्यपमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?