विभिन्न देशमा निम्न आय भएका १२ करोड जनसंख्यालाई एन्टिजिन परीक्षणका लागि बिल गेट्सले सहयोग गर्ने

काठमाडौं । विभिन्न देशमा निम्न र मध्यम आय भएका १२ करोड जनसंख्यालाई कोरोना भाइरस परीक्षणका लागि एन्टिजिन र्‍यापिड डायगोनिस्टिक टेस्ट (एन्टिजिन आरडीटी) परीक्षणको लागि डब्लुएचओ र विभिन्न संस्थाहरुबीच सम्झौता भएको छ।

हिजो (सोमवार) सार्वजनिक गरिएको समझदारी अनुसार निम्न तथा मध्यम आय भएका देशहरुमा कोरोना भाइरसको को भरपर्दो परीक्षणका लागि सहयोग उपलब्ध हुने भएको हो ।

दी विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन, क्लिन्टन हेल्थ एसेस इनिसिएटिभ (सीएचएआई), अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी), ग्लोबल फन्ड, युनिटएड, फाउन्डेसन फर इनोभेटिभ न्यू डाग्नोस्टिक (एफआईएनडी) र डब्लुएचओ बीच फरक फरक समझदारी भएका हुन्।

यी सबै मध्येको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले परीक्षणका लागि आरडीटी निर्माता अबोट र एसडी बायोसेन्सरलाई आरडीटी कीट खरिदको ग्यारेन्टी दिएको हो।

यी दुई सहमतिअनुसार निम्न तथा मध्यम आय भएका देशका १२ करोड जनसंख्यालाई एन्टिजिन आरडीटी अधिकतम पाँच डलर मूल्यमा छ महिनाभित्र उपलब्ध गराइने छ। यो परीक्षणबाट १५(३० मिनेटमा नतिजा उपलब्ध हुने छ।

अबोट र एसडी बायो सेन्सरले उत्पादन गर्ने कीट सहज र भरपर्दो भएको भन्दै यी कम्पनीका कीटबाट परीक्षण छिटो र सस्तो हुने बताइएको छ। यसबाट देशहरुमा परीक्षणको दर बढ्ने अपेक्षा लिइएको छ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?