अनिल अम्बानीको सम्पत्ति सबै परिवारको नाममा, आफू भने टाट पल्टिएको बयान

काठमाडौं । एक समय विश्वको सबैभन्दा धनी मान्छेहरू मध्ये अनिल अम्बानीलाई गनिन्थ्यो । विश्वका छैठौँ धनि व्यक्ति समेत रहेका अम्बानी अहिले भने ऋणले थलिएका छन् । यस वर्षको शुरूमा उनको कानुनी टोलीले उनको सम्पत्ति शून्य रहेको र उनको परिवार उनको सहयोगमा नआउने जानकारी गराएका थिए ।

कुनै समय ४२ अर्ब डलरको कुल सम्पत्तिले विश्वको धनी व्यक्तित्वको सूचीमा गनिने अनिल अम्बानीले यस वर्षको फेब्रुअरीमा बेलायतको एक अदालतमा आफ्नो सम्पती शून्य रहेको र विषम परिस्थीतीमा परिवारबाट सहयोग नहुने प्रतिक्रिया दिएका छन् ।

गत १५ जूनमा इन्डष्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाको नेतृत्वमा एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना र चाइना डेभलपमेन्ट बैंकले अनिल अम्बानी माथी बेलायतको अदालतमा मुद्दा हालेका छन् । साथै सम्पती विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

अम्बानीले ३० करोड ५० लाख डलर आफ्नो व्यक्तिगत घाटा रहेको बताएका छन् । गत शुक्रबारको सुनवाईपछि बैंकहरुले एउटा विज्ञप्ति जारी गरी अम्बानीविरुद्ध सबैखाले कानूनी उपचारको खोजी गर्ने बताएका छन् । उनीबाट ऋण असुल्नका लागि उपलब्ध सबै कानूनी उपायहरुको अबलम्बन गरिने छ, बैंकहरुको साझा विज्ञप्तिमा उल्लेख छ ।

अनिलले ऋण नतिर्दा चिनियाँ बैंकहरु पनि संकटमा पर्नेछन् । अब ऋण असुल्नको लागि एक मात्र विकल्प भनेको अनिलका बाँकी सम्पत्तिहरुको लिलामी हो । अनिलले आफूसँग ठूलो सम्पत्ति केही नरहेको बताए पनि त्यसमा बैंकहरु विश्वस्त छैनन् । तर, अनिलको सम्पत्ति लिलामी गराएर ऋण असुलउपर गराउन चिनियाँ बैंकहरुको निम्ति चुनौतिपूर्ण छ ।

९२५ करोड अमेरिकि डलरको पूर्नकजामा व्यक्तिगत ग्यरेण्टी उल्लंधन गरेको आरोप लगाउदै अम्बानीले चिनियाँ बैकहरुको ६ सय ८० कारेड अमेरिकी डलर भन्दा धेरै ऋण तिर्न बाँकि रहेको दावी गरेका छन् । अनिलको विलाशीता जीवनलाई केलाउदै चिनियाँ टोलीले ऋण तिर्नबाट पन्छिन खोजेको आरोप लगाएका छन् । साथै बेलयतको अदालतले पनि विश्वको धनाढ्य स्तरबाट शुन्यमा झरेको वकक्तव्य माथि शंका गरेको छ ।

अनिलले ३२ लाख डलर मूल्यका कार चढ्ने गरेको, उनीसँग प्राइभेट जेट रहेको, मुम्बईको आलिसान महलमा बस्ने गरेको श्रीमती टिना अम्बानीलाई जन्मदिनमा हेलिकोप्टर उपहार दिएको लगायतका दृष्टान्त पेश गर्दै उनीहरुले अनिलले ऋण नतिर्नका लागि आफूलाई कंगाल देखाइरहेको जिकिर गरेका छन् । अनिलले भने ती सबै वस्तुहरु आफ्नो व्यक्तिगत नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?