हेर्नुहोस् २०७७ साल असोज १४ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल आश्विन १४ गते । बुधवार । इ.स.२०२० सेप्टेम्बर ३० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । अधिक आश्विन शुक्लपक्ष । तिथी– चतुर्दशी,२३ बजेर ४७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–पूर्वाभाद्रपदा,२७ बजेर ४८ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–गंड,२१ बजेर ३५ मिनेट उप्रान्त वृद्धि ।

करण–गर,११ बजेर ०६ मिनेट उप्रान्त वणिज,२३ बजेर ४७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मद्य योग । चन्द्रराशि–कुम्भ,२१ बजेर १८ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ५६ मिनेटमा, सूर्यास्त १७ बजेर ४९ मिनेटमा । दिनमान ३० घडी ५२ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पैत्रिक धन तथा सम्पत्तीको प्रयाग तथा परिचालन मार्फन मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । बैंक तथा वित्तिय क्षेत्रमा लगानी हुनेहरुका लागि कारोबारमा सुधार हुनेछ । विद्यार्थीहरुका लागि समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने छैन भने सामाजिक कामहरु समयमा सम्पादन नहुँदा जनताको आलोचना सहनु पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । स्वास्थ्यले साथ नदिने हुँदा काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा एक अर्काबीच मनमुटाब बढ्ने योग रहेको छ । आफन्त तथा बुवा सरहका व्यक्तिसँग मनमुटाव सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाई कै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो लगानीबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारमा लगानी गरे पनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारमा साझेदारहरु बीच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोवार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यवसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रतिस्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले विद्या तथा प्रतिस्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढी नै मिहेनत गर्नु पर्नेछ । आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । न्यायीक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बैंक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशीलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरुका लागि समय उत्तम रहेको छ भने भौतीक सम्पत्ती तथा विलाशी बस्तु उपहारको रुपमा प्राप्त हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाई तथा खोजमुलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाईने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा शहकारी पेशा व्यावसाय गर्नेहरुका लागि समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा विश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्नको लागी केहि समय पर्ख हेरको रणनिति अपनाउनु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मिष्ठान्न भोजन,उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँनयाँ आम्दानीका स्रोतहरु फेला पर्नेछन् । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबै जना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?