बलिउडमा ड्रग्स कनेक्शन : एनसीबीसँग अभिनेत्री सारा अली खानले खोलिन् थप रहस्य !

काठमाडौं । ड्रग्स मामिलामा अहिले बलिउड अभिनेत्रीहरु एक पछि अर्को समस्यामा अहिले फसिरहेका छन् ।

एक्ट्रेस सारा अली खान, श्रद्धा कपूर, दीपिका पादुकोण र रकुल प्रीत यस केसमा फसिरहेका छन् । एनसीबीले एक पछि अर्को खुलासा गरिरहेको छ ।

एनसीबीसँगको सोधपुछको क्रममा साराले सुशान्तले आफ्नै अगाडि ड्रग्स लिएको बताएकी छन् । एनसीबीले गरेको सोधपुछका क्रममा उनले यस्तो बताएको भारतीय सञ्चारमाध्इमहरुले जनाएका छन् ।

अभिनेत्रीहरुको फोन एनसीबीले लिएको छ । र अनुसन्धान गरिरहेको छ ।

साराले आफूले ड्रग्स नलिएको तर सुशान्तले भने आफ्नै अगाडि ड्रग्स लिएको बताएकी हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?