तपाईको वरपर छोरी चेली हराएका छन् ? प्रहरीले गर्‍यो यस्तो अनुरोध

काठमाडौं । गत वर्षको फागुनदेखि चैतसम्म कोही कसैका छोरी चेली सम्पर्क विहीन भएमा खबर गर्नका लागि प्रहरीले अनुरोध गरेको छ ।

गत चैत १७ गते हनुमन्ते खोलामा विभत्स रुपमा भेटिएको महिलाको शवको पहिचान हुन नसकेपछि प्रहरीले त्यस्तो अनुरोध गरेको हो ।

लकडाउन शुरु भएको एक हप्तापछि गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोलामा विभत्स रुपमा एक युवतीको शव भेटियो । टाउको नभएको, हात(खुट्टाका पञ्जा काटिएका थिए । संवेदनशील अंग पनि बिग्रिएको भेटिएको शवको अझैसम्म पहिचान हुन सकेको छैन् ।

उनको बलात्कारपछि हत्या भएको भन्ने शवको प्रकृती हेरेपछि थाहा भएपनि कस्ले गर्यो भन्ने पत्ता लगाउन अनुसन्धान टोलीलाई कठिनाई परेको छ ।

फरेन्सीक टोलीले अध्ययनपछि १७ देखि १९ वर्षकी महिलाको शव हुनसक्ने अनुमान गरेको छ । तर शवको टाउको नभएको र सडिसकेको अवस्थामा भएकाले थप अनुसन्धानका अफ्ठयारो स्थिती सिर्जना भएको छ ।

गत चैत १७ गते शव भेटिए लगत्तै भक्तपुर प्रहरी परिसरले सनाखतका लागि ७७ वटै जिल्लामा हुलिया परिपत्र गर्‍यो । फरेन्सिक विज्ञको टोलीले विभिन्न ठाउँमा उजुरी परेका ८५ वटा केसको बारे अनुसन्धान गर्यो तर कुनै उक्त घटनाबारे कुनै पनि टुंगो लाग्न सकेको छैन् ।

युवतीको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरिएपनि कस्ले र के कारणले गर्यो भन्नेबारे थप तथ्य पत्ता लाग्न सकेको छैन् । जस्ले हत्या गरेको हो उसले संवेदशील अंगलाई क्षतविक्षत बनाएको कारण घटना थप रहस्यमयी बनेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?