अब वित्तीय ग्राहकलाई राष्ट्र बैंकको संरक्षण

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा ग्राहकको गुनासो बढ्दै गर्दा वित्तीय ग्राहकको गुनासो सुनुवाइ गर्न नेपाल राष्ट्र बैंकले पहिलो पटक कार्यविधि जारी गरेको छ । राष्ट्र बैंकले सोमबार ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो ब्यवस्थापन कार्यविधि २०७७’ जारी गरेको छ ।

राष्ट्र बैंक मातहातमा रहेको सबै बैंक तथा वित्तिय संस्थाहरुलाई उक्त कार्यविधिले समेट्ने छ । वित्तीय गा्रहक संरक्षणको उद्देश्यले उक्त कार्यविधि जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सुचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनीकरण गर्ने साथै, वित्तीय सेवा प्रदायकले आफुले प्रदान गर्ने सेवा सम्बन्धमा न्युनतम मापदण्ड पुरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान वित्तीय मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यविधि जारी गरिएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् ।

कार्यविधिमा कस्ता गुनासाहरु गर्न मिल्छ भनेर उल्लेख गरिएको छ र, गुनासो बारे निवेदन कसरी दिने भनेर पनि सिकाइएको छ । इकाइले कसरी गुनासोको सुनुवाइ गर्छ भनेर पनि विस्तृतमा ब्याख्या गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?