लद्दाखमा भारतले तैनाथ गर्यो डरलाग्दो मिसाइल !

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा भारतले निर्भय क्रुज मिसाइल तैनाथ गरेको छ ।

दुबै देशको तनावका बीच भारतमा सीमा निजकै मिसाइल तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो मिसाइलले १ हजार किलोमिटरसम्म प्रशार गर्न सक्छ । निर्भय मिसाइलले त्यहाँबाट तिब्बतसम्म हमला गर्न सक्ने सामर्थ्य राख्छ ।

बॉर्डर पर सबसे खतरनाक निर्भय मिसाइल तैनात

५ महिना यता दुबै देशबीच भईरहेको तनाव अझैसम्म साम्य बनिसकेको छैन । भारत र चीनले सीमामा आ-आफ्ना लडाकू विमान तैनाथ गरिरहेका छन् ।

चीन र भारतबीचमा १५ जूनको राती भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो भने पछिल्लो २८ अगस्टमा भएको झडपमा १ भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?