आईपीएलमा आज : दिल्ली र हैदराबाद भिड्दै, दिल्लीलाई सीजनमा ह्याट्रीक गर्ने मौका

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ११ औँ म्याचमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्द्धा हुँदैछ ।

खेल बेलुकी ७ बजे ४५ मिनेटमा आबुधाबीमा हुने भएको छ । दिल्लीलाई यो सीजनमा ह्याट्रिक गर्ने मौका रहेको छ ।

यो भन्दा पहिला २००९ मा दिल्लीले शुरुवाती तीन म्याच जित्दै सेमिफाइनलमा स्थान पक्का बनाएको थियो ।

त्यस्तै हैदराबाद यो सीजनमा अहिलेसम्मका दुबै म्याच हार्दै पोइन्ट टेबलको सबैभन्दा अन्तिममा रहेको छ । साथै दिल्ली टपमा रहेको छ ।

दिल्लीमा रिषभ पन्त १५ करोड र शिमरन हेटमायर ७.७५ करोडसहित महंगा खेलाडी रहेका छन् ।

त्यस्तै हैदराबादमा सबैभन्दा महंगा खेलाडी डेविड वार्नर रहेका छन् ।

उनलाई फ्रेन्चाइजी सीजनको १२.५० करोड रुपैयाँ दिइएको छ । त्यस्तै मनीष पाण्डे ११ करोड भारतीय रुपैयाँमा हैदराबादमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?