कोरोना महामारीकाबीच आर्थिक वर्षको पहिलो महिनामा वित्तीय स्थिति सन्तोषजनक (तथ्यांकसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थिक वर्ष २०७७/७८ को पहिलो महिना अर्थात साउन मसान्तसम्म देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

पछिल्लो समय कोरोना महामारीले देशको अर्थव्यवस्थालाई संकटमा धकेलिरहेको आम जनमनासले महसुस गरिरहँदा पनि राष्ट्र बैंकले भने देशको अर्थतन्त्रको अवस्था सन्तोषजनक रहेको सार्वजनिक गरेको हो ।

बाहिरि बजारमा विषेशगरि तरकारीको मूल्य बढेको आम सर्वसाधारणको गुनासो आइरहँदा राष्ट्र बैंकले वार्षिक विन्दुगत आधारमा, उपभोक्ता मूल्य सूचांकमा आधारित मुद्रास्फिती ३.४९ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । साथै आयात १९.५ प्रतिशतले ओरालो लागेको छ भने निर्यात ८.९ प्रतिशतले उकालो लागेको देखाएको छ । यसले व्यापार घाटालाई केहि न केहि टेवा पु-याएको छ । साउन मसान्त सम्म विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर स्थिती ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । हाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार अहिले राष्ट्र बैंक सँग कुल विनिमय सञ्चिति १२ अर्ब २ करोड अमेरिकि डलर रहेको छ ।

अर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनाको अन्त्यसम्म आईपुग्दा संघीय सरकारको खर्च १ अर्ब ९५ करोड र राजश्व परिचालन ५८ अर्ब ८१ करोड रहेको छ । साउन अन्तीमसम्म विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक बिन्दुगत आधारमा मुद्राप्रदाय १८.९ प्रतिशतले वृद्धि भएको छ ।

तर तथ्याङकमा नेपालको वित्तिय स्थिति सन्तोषजनक देखिए पनि बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाह भने विस्तारहुन सकेको छैन् । जस्को अर्थ अझै पनि बैंक तथा वित्तिय संस्थामा अधिक तरलताकै समस्या रहेको प्रस्ट देखाउँछ । समिक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४३ करोड ५७ लाख खुद खरिद गरी ५२ अर्ब १९ करोड तरलता प्रवाह गरेको छ अधिल्लो वर्षको सोहि अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १७ करोड ८६ लाख खूद खरिद गरी २० अर्ब ११ करोड तरलता प्रवाह गरेको थियो । वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १९ प्रतिशत र निजिक्षेत्र माथिको दावीको वृद्धिदर ११.३ प्रतिशत रहेको छ ।

Current-Macroeconomic-and-Financial-Situation_Nepali_based-on-One-Month-data_2077.78-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?