लिभरपुलको जितमा आर्सनल स्तब्ध

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ । सोमबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा आर्सनललाई खेलमा अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि साडियो मानेले खेल बराबरीमा ल्याए । रोबर्टसनले ३४ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।

What channel is Liverpool vs Arsenal? Kick-off time, TV and live stream  information - Mirror Online

खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरे । जोटा ४५ मिलियन पाउण्डमा यसै सिजन उल्भ्सबाट लिभरपुल आएका हुन् । उनले घरेलु मैदानमा डेब्यु गरेको खेलमा गोल गर्न सफल रहे ।

लिभरपुलले ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?