काठमाडौं । रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान विराट कोहोली आईपीएलको १३ औँ सीजनका सबैभन्दा महङ्गा खेलाडी हुन् ।
उनलाई ब्यांगलोरले यो सीजनका लागि भारतीय १७ करोड रुपैयाँमा किनेको हो । आईपीएलको यो सीजनमा उनले ३ वटा म्याच खेलेका छन् ।
जसमा उनले मात्र १८ रन बनाउन सकेका छन् । आईपीएलको यो सीजनको १० औँ म्याचमा हिजो राती ब्यांग्लोरले जित निकालेको छ ।
ब्यांग्लोरले यो सीजनमा दोश्रो जित दर्ता गरेको हो । मुम्बई इण्यिन्ससँग भएको खेल सुपर ओभरमा गएर टुङ्गिएको हो ।
दुबईमा भएको यो खेलमा कुल २६ छक्का प्रहार भएका थिए १८ छक्का मुम्बईले मात्र प्रहार गरेको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया