अभिनेता इरफान खानको शव राखिएको ठाउँ फोहोर भएको भन्दै रिसाए प्रशंसक

काठमाडौं । चर्चित बलिउड अभिनेता इरफान खानको निधन यसै वर्षको अप्रिल महिनामा भएको थियो । उनको निधनबाट उनका प्रशंसक निकै दुःखी भए ।

हालसालै मात्र नायक चन्दन रोय सान्यालले उनको शव राखिएको स्थानको एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

यो फोटो हेर्दा उनको शव राखिएको स्थानमा सर–सफाइ नगरिएको जस्तो देएको भन्दै सामाजिक सञ्जाल तातेको छ ।

इरफानकी एक फ्यानले लेखेको स्टाटसमा इरफानकी श्रीमतीले यस्तो जवाफ दिएकी छन् ।

‘महिलालाई चिहानमा जाने अनुमती छैन । त्यसैले मैले रात की रानी इगतपुरीमा लगाएको थिएँ जहाँ उनको स्मृति पेटिका पनि लगाइएको छ । त्यहाँ उनका केही मनपर्ने कुराहरु गाडेको छु । त्यो स्थान मेरो आफ्नो हो, जहाँ म कसैको रोकटोक बिना घण्टौं बस्न सक्छु । त्यहाँ उनको आत्मा छ । तर यसको अर्थ यो होइन कि चिहानलाई यत्तिकै छोड्नुपर्छ । तर जहाँसम्म अहिलेको परिस्थितीको कुरा छ वर्षायाममा जंगली घाँस उम्रन्छन् । जुन फोटोको तपाईंले कुरा गरिरहनुभएको छ, त्यसमा मलाई जंगली घाँस निकै मनपर्यो । वर्षा भएपछि बोट बिरुवा त उम्रन्छन् नै, अर्को मौसममा सुक्छन् । त्यसपछि त्यहाँ सफा गर्न सकिन्छ । जसरी परिभाषित गरिएको छ, हरेक कुरा त्यस्तै हुनुपर्छ र रु के थाहा, यहाँ बिरुवा केही उद्देश्यसहित उम्रिएको पनि हुनसक्छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?