ब्यांग्लोरको दोश्रो जित, सुपर ओभरमा हार्यो मुम्बई, पोलार्डको बिस्फोटक ब्याटिङ

काठमाडौं । रोयल च्यालेन्जर्स ब्यांगलोर र मुम्बई इण्डियन्सकोबीचमा सोमवार भएको रोमाञ्चक खेलको टुङ्गो सुपर ओभरमा पुगेर लाग्यो ।

IPL

ब्यांगलोर सुपर ओभरमा बाजी मार्न सफल भयो । योसँगै आईपीएलको १३ औँ सीजनमा ब्यांगलोरले दोश्रो जीत दर्ता गर्यो ।

IPL

ब्यांगलोरले दिएको २०१ रनको स्कोर पच्छ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन नै बनायो । जसका कारण म्याच सुपर ओभरमा गयो ।

IPL

कीरन पोलार्डले २४ बलमा ६० रन र ईशान किशनले ५८ बलमा ९९ रन बनाएपछि मुम्बईले खेल बराबरी गरेको थियो । पोलार्ड ब्याटिङ गर्न क्रिजमा गएका बेला मुम्बई ११.२ ओभरमा ७८ रन र ४ विकेटमा सीमित थियो ।

IPL

पोलार्डले बिस्फोटक ब्याटिङ गरेपछि खेल नयाँ दिशामा मोडियो । मुम्बई इण्डियन्सका लागि सुपर ओभरमा हार्दिक पाण्डे र किरन पोलार्ड ब्याटिङका लागि गएका थिए ।

IPL

मुम्बईले सुपर ओभरमा मात्र ७ रन बनायो र ब्यांगलोरलाई ८ रनको लक्ष्य दियो । ब्यांगलोरको तर्फबाट ब्याटिङका लागि एबी डिभिलियर्स र विराट कोहोली आएका थिए ।

IPL

जसमा उनीहरुले बिराटले ५ र डिभीलियर्सले ६ रन बनाएर खेल ब्यांगलोरलाई जिताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?