कोरोना कहर : भारतमा २५ अगस्ट यताकै कम संक्रमित, २७ जुलाई यताकै सबैभन्दा थोरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ६ हजार ३३७ जनाको मृत्यु भएको छ भने ३ हरोड ३५ लाख ४६ हजार ६५१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ४८ लाख ७६ हजार १६९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ३४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म ९६ हजार ३५१ जनाको मृत्यु भएको छ भने ६१ लाख ४३ हजार १९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५० लाख ९८ हजार ५७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ४८ हजार ९५ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा सोमवार मात्रै ६९ हजार ६७१ जना संक्रमित थपिएका छन् ।

यो संख्या २५ अगस्ट यताकै सबैभन्दा कम हो । २५ अगस्टमा भारतमा ६६ हजार ८७३ जना संक्रमित थपिएका थिए ।

त्यस्तै सोमवार भारतमा ७७७ जनाको मृत्यु भएको छ । यो संख्या २७ जुलाई यताकै सबैभन्दा कम हो ।२७ जुलाईमा भारतमा ६३६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?