कोरोना संक्रमितका हिसाबले नेपाल विश्वको ४८ औँ स्थानमा

कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ४८ औँ स्थानमा रहेको छ । सोमबारसम्म नेपालमा ७४ हजार ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५४ हजार ६४० जना निको मृतकको संख्या ४८१ पुगेको छ । बाँकी भने सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ३४ लाख ६५ हजारको हाराहारीमा पुगेको छ । यस्तै मृतकको संख्या १० लाख ५ हजार ५०० नाघेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार मध्यरातसम्म कोरोना निको हुनेको संख्या २ करोड ४७ लाख ६५ हजार नाघ्दा अझै पनि सक्रिय संक्रमित करिब ७७ हजार रहेका छन् ।
हालसम्म अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् भने त्यसपछि भारत रहेको छ । यसैगरी ब्राजिल, रसिया, कोलम्बिया,पेरु, स्पेन, मेक्सिको र अजेन्टिना क्रमशः तेस्रो, चौथो, पाचौँ, छैटौँ, सातौ र आठौँस्थानमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?