अमेरिकामा कति पुगे कोरोनाभाइरस संक्रमित, हालसम्म कतिको भयो परीक्षण

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ७३ लाख ३१ हजार नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा २ लाख ९ हजार ५५६ जनाको मृत्यु समेत भएको छ ।
यसैगरी हाल अमेरिकामा निको हुनेको संख्या ४५ लख ७७ हजारको हाराहारीमा रहेको छ भने २५ लाख ४४ हजार बढी सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये अमेरिकामा १४ हजार १२० जनाको अवस्था गम्भीर छ ।
हालसम्म अमेरिकामा १० करोड ४५ लाख ३४ हजार बढीको कोरोना परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?