यस्तो छ भारतको कोरोनासम्बन्धी पछिल्लो विवरण

काठमाडौं । छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ लाख नजिक पुगेको छ । सोमबार राति अबेरसम्म भारतमा कुल संक्रमितको संख्या ६० लाख ८७ हजार ४५४ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
हालसम्म भारतमा ९५ हजार ६७८ को मृत्यु हुँदा ५० लाख २५ हजार जना निको समेत भएका छन् । यस्तै अहिले भारतमा ९ लाख ६५ हजार हाराहारीमा सक्रिय संक्रमित रहेका छन् । भारतमा झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?