क्यानडाले किन्यो दुई करोड कोरोनाविरुद्धको भ्याक्सीन

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच क्यानडा सरकारले कोरोना भ्याक्सीनको २ करोड डोज किनेको छ । प्रधानमन्त्री जस्टिन टुडोले आईतवार यसको जानकारी दिएका हुन् ।

उनले अक्सफोर्ड यूनिभर्सिटीले तयार गरिरहेको कोरोनाविरुद्धको भ्याक्सीनको २ करोड डोज डील गरेको बताएका छन् ।

क्यानडामा अहिलेसम्म १ लाख ५३ हजार ५८ जनालाई संक्रमण भएको छ भने ९ हजार २६८ जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?