झनै डरलाग्दो बन्यो कोरोना : बेलायत र फ्रान्समा कोरोनाको दोश्रो लहर

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच फ्रान्समा कोरोना संक्रमणको दोश्रो लहर आएको छ । एक हप्तामा त्यहाँ १३ हजार भन्दा धेरै कोरोना संक्रमितका केस फेला परेका छन् ।शनिवार मात्रै त्यहाँ १४ हजार केस भेटिएका थिए ।

सरकार लकडाउन लगाउन चाहे पनि मानिसहरु प्रदर्शन गरिरहेका छन् । त्यस्तै बैलायतमा पनि कोरोना संक्रमणको दोश्रो लहर आएको छ ।

त्यहाँ हरेक दिन पछिल्लो सम चार देखि ५ हजार संक्रमित थपिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?