झापा । झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ ।
गौरादह नगरपालिका– १ का ६५ वर्षीया मनमाया भण्डारीको आज हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया