९ चैत्र २०७९, बिहीवार

मर्यादाक्रममा मुख्यमन्त्री भन्दा प्रदेश प्रमुख माथि, यस्ता छन सुविधा

२०७४,आश्विन,१०,मंगलवार १४:३७

0
Shares

काठमाडौं,१० असोज ।प्रदेश प्रमुखहरुले मासिक ६४ हजार पारिश्रमिक पाउने भएका छन । सरकारले सोमबार संसदमा दर्ता गराएको ‘प्रदेश प्रमु्खहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रदेश प्रमुखहरुले पनि मासिक ६४ हजार पारिश्रमिक पाउने व्यवस्था गरिएको हो ।विधेयकमा प्रदेश प्रमुखहरुलाई पोशाक सुविधाबापत वार्षिक १८ हजार र अतिथि सत्कार तथा भैपरी खर्चका लागि मासिक ४० हजार पाउने व्यवस्था पनि गरिएको छ ।नेपालको संविधानको धारा १ सय ६३ मा प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ । उनीहरुले संघीय कानुन अनुसार राष्ट्रपति समक्ष सपथ लिनुपर्ने व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ ।त्यसैगरी प्रदेश प्रमुखलाई सम्बन्धित प्रदेशको राजधानीमा सरकारी घरको बन्दोबस्त गरिनेछ । नेपाल सरकारले उनीहरुलाई सवारी साधानको व्यवस्था पनि गर्नेछ ।विधेयकमा प्रदेश प्रमुखहरुलाई संचार सुविधा, एक जना निजी चिकित्सकको सुविधा, चाडपर्व खर्चको समेत व्यवस्था हुनेगरी विधेयक तयार पारिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।मर्यादाक्रममा प्रदेश प्रमुखलाई मुख्य मन्त्री भन्दा माथि राखिएको छ । प्रदेशको मुख्यमन्त्री केन्द्र सरकारको उपप्रधानमन्त्री सरह हुन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार १४:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००