रूसमा आठ हजार कोरोना संक्रमित थपिए , पहिरोमा परेर १४ को मृत्यु

मस्को । रूसमा कोरोना भाइरसका कारण थप आठ हजार १३५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका ती संक्रमितसँगै रुसमा कुल सङ्क्रमितको संख्या ११ लाख ५९ हजार ५७९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार भनेका छन्, रुसको ८४ क्षेत्रबाट प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

उनीहरुमध्ये दुई हजार दुई सय जना अर्थात् २७ प्रतिशत संक्रमितहरुमा मात्रै संक्रमणको लक्षण देखिएको छ ।

राजधानी मस्कोमा मात्रै दुई हजार २१७ जना नयाँ सङ्क्रमित भएका छन् ।

यसैबीच रूसमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढीका कारण देशको ताराकान सहरमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये तीन जना एउटै परिवारको भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?