हुम्लामा थप दुईमा कोरोना

सिमकोट । हुम्लामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ४ मा एक २२ वर्षीया किशोरीमा कोरोना पुष्टि भएपछि उनीको सम्पर्कमा आएको पिसिआर परीक्षण गर्दा दुई पुरुषमा आज पोजेटिभ देखिएको हो ।

बाँकेको नेपालगञ्जबाट समिट एयरको उडान मार्फत असोज ३ गते शनिबार सिमकोट आएकी संक्रमित किशोरीसँग आएका ती दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिए । प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ र ३९ वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।

अव जिल्लामा संक्रमितको सङ्ख्या चार पुगेको छ । यस अघि सर्केघाड ५ गोठीकी २२ वर्षीया किशोरीमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?